Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


नेपाली बजारमा रेडमी नोट १३ सिरिज


4.4k
Shares

काठमाडौं । नेपालमा पनि शाओमीको रेडमी नोट १३ सिरिज सार्वजनिक भएको छ ।

शाओमीले सोमबार राजधानीमा एक कार्यक्रम गरी रेडमी नोट १३ सिरिजका नोट १३ प्रो प्लस फाइभ जी, रेडमी नोट १३ प्रो र रेडमी नोट १३ सार्वजनिक गरेको हो ।

यी तीनै मोडलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय कामराकासाथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको दाबी छ ।

यी फोन स्टायल, पर्फमेन्स, इनोभेसन सबै हिसाबले उत्कृष्ट रहनुका साथै मूल्यप्रतिस्पर्धी समेत रहेको कम्पनीको दाबी छ ।

यी फोनको मूल्य २४ हजार ९ सय ९९ देखि ५२ हजार ९ सय ९९ सम्म रहेको छ ।