१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


सरकारले भूकम्प पीडितको आवास निर्माणमा ध्यान दिनुपर्छ : सांसद शर्मा


78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पश्चिम नेपालमा भूकम्प पीडितको आवास निर्माणको काम ध्यान केन्दित गर्न सरकारलाई दबाब दिनुभएको छ ।

सोमबार राष्ट्रिय सभामा बोल्दै सांसद शर्माले भूकम्प पीडितका लागि आवास निर्माणको कामलाई व्यवस्थित ढंगले अघि बढाउन सरकारसँग माग गर्नुभएको हो ।

सांसद शर्माले राष्ट्रिय सभाको चालु अधिवेशन देश र जनताको जीवनमा बदलाव ल्याउने कुरामा केन्द्रित हुन सकोस भनि शुभकामना समेत दिनुभयो । उहाँले राष्ट्र बनाउने अभियानलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।

सांसद शर्माले सुशासन र सामाजिक न्यायको बाटोबाट नेपाल राष्ट्र र नेपाली जनतालाई समृद्धि बनाउन आवश्यक रहेको बताउनुभयो ।