१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


त्रिभुवन विमानस्थलमा नयाँ आगमन कक्ष सञ्चालनमा


767
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थल पाहुनाका लागि ऐना भएकाले यसको साख अन्तराष्ट्रिय जगतमा उच्च राख्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक आगमन कक्षको उद्घाटन गर्दै मन्त्री किराँतीले सुन काण्डका कारण नेपालको छबी धमिलिएकाले देशको इज्जत राख्न आग्रह गर्नुभयो ।

आन्तरिक उडानबाट काठमाडौंमा अवतरण गरेका यात्रुसहित उद्घाटन गरिएको आगमन कक्ष भवन ६ करोड ८३ लाख रुपैयाँमा तयार पारिएको हो ।

नवनिर्मित भवन आजैबाट सञ्चालनमा आएको छ । उद्घाटनका अवसरमा त्रिभुवन विमानस्थलका महाप्रवन्ध प्रताप तिवारीले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा गरिएको काम कारबाहीबारे जानकारी दिनुभएको थियो । नयाँ आगमन कक्षमा यात्रुका सामान लिने बेल्टमा भने सुधार गरी लजेगमा नोक्सानी नपुगोस भनि नयाँ व्यवस्था गरिएको छ ।