२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


टेरामक्स र एमडिएमएस प्रणालीबारे हप्तामा स्पष्ट दृष्टिकोण पेस गर्न निर्देशन


117
Shares

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेस गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भानुभक्त जोशीले ६ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको अवस्थादेखि अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेस गर्न निर्देशन दिनुभयो । उहाँले टेरामक्स खरिद गर्ने विषयमा मन्त्रालय र प्राधिकरणले गरेका नीतिगत निर्णय सहितको कागजात समितिमा पेस गर्न पनि निर्देशन दिनुभयो ।

सभापति जोशीले नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेण्टहरु,सञ्चार मन्त्रालयले यो विषय सम्बन्धि अध्ययन र छानविन गरेका प्रतिवदेनहरु तथा मन्त्रालयको टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? भन्नेबारे पनि स्पष्ट धारणा पेश गर्नुपर्ने बताउनुभयो ।

समितिले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गठन भएको छानविन समितिले तयार पारेको एमडीएमएस प्रतिवेदन पेश गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।