
लोकेन्द्र चन्द (इमेज)
रोल्पा, भदौ २७ । गत आइतबार गोली हानी हत्या गरिएका नेपाल तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा पाँचजना संलग्न रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो फेसबुक पेजमार्फत् पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा रोल्पाका ३० वर्षीय देवबहादुर घर्तीमगर, २७ वर्षीय दीपक पुन, ३१ वर्षीय निरज श्रेष्ठ, २५ वर्षीय वादल डाँगी र २८ वर्षीय प्रकाश डाँगी रहेका छन् ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रोल्पाबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ ।
६ महिनाअघि रोल्पाको होलेरीमा विद्युत् प्राधिकरणको ठेक्का लेनदेनमा भएको झगडा र त्यसपछि बढ्दो रिसइबीका कारण पुनको हत्या भएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्