४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


अफ्रिकी मुलुक जाम्बियामा हैजा संक्रमण भयावह बन्दै


143
Shares

एजेन्सी । अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ ।

गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ ।

संक्रमणबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको जाम्बियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जाम्बियाका १० प्रान्तमध्ये सात वटामा हैजा फैलिएको र प्रभावित जिल्ला ३१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हैजा संक्रमितहरुको संख्या थेगिनसक्नु भएपछि बिरामीहरुलाई रंगशालामा राखेर उपचार गर्ने गरिएको छ ।
बेकेनबाउर