Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


तनहुँमा बस दुर्घटना, ३२ जना घाइते


962
Shares

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आज बिहान वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस सडकबाट करिब ५६ फिट तल खोलामा खसेको बताइएको छ ।