३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ओखलढुंगाको मानेभञ्ज्याङमा खानेपानीको समस्या


91
Shares

ओखलढुंगा । हिउँद लागेसँगै खानेपानीका मुहान सुक्न थालेपछि ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २ को कृषेपु गाउँमा खानेपानी समस्या भएको छ ।

४२ घरधुरी रहेको यो गाउँमा उपलब्ध हुँदै आएको भीरपानी मुहानको पानी सुकेसँगै खानेपानी समस्या भएको हो ।

बोकेर खाने गरिएको तिम्ले मुहानको पानी पनि पर्याप्त नभएको स्थानीय बासिन्दाको भनाइ छ । गाउँभन्दा केही तल रहेको कुवाखर्क मुहानले समेत हिउँद याममा खानेपानीको तीर्खा मेटाउन नसक्ने अवस्था रहेको छ ।

यो मुहानबाट गाउँमा सोलार लिफ्टिङ गरिए पनि पानीको मात्रा कम भएका कारण गाउँमा खानेपानी समस्या भएको हो । अहिले यहाँका स्थानीयले दैनिक २ गाग्री पानी बाँडेर खाँदै आएका छन् । यो समस्या बैशाख जेठ महिनामा अझ बढ्ने स्थानीय मोहन कार्कीले बताउनुभयो ।