४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


भारतमा भूकम्प, नेपालको पूर्वी भागमा पनि महसुस


0
Shares

काठमाडौं, भदौ २७ । भारतको बिहार, पश्चिम बंगालसहित पूर्वोत्तर क्षेत्रमा बुधबार बिहान भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने भूकम्पको तीव्रता ५.५ रहेको जनाएका छन् ।

भूकम्पको धक्का बंगलादेश र भुटानका केही भागका अतिरिक्त पूर्वी नेपालका केही जिल्लामा पनि महसुस गरिएको छ ।

बिहान १०ः३५ मा करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको थियो । 

भूकम्पले भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भारतको असमस्थित कोकराझारमा जमिनको १० देखि १२ किलोमिटर तल केन्द्रबिन्दु भएर भूकम्प गएको बताइन्छ ।

यसअघि भारतको जम्मु–कश्मिर र हरियाणामा पनि बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको थियो । कश्मिरमा गएको भूकम्पको तीव्रता ४.६ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै हरियाणामा ३.१ तीव्रताको भूकम्प गएको थियो ।