१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार


65
Shares

काठमाडौे । गएको एक वर्षको अवधिमा वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार भएको छ । नाकामा रहेको माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।

यस अवधिमा उद्धार हुनेहरुमा अधिकांश मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।

माइती नेपालको संरक्षणमा रहेकामध्ये ३८ जना मधेश प्रदेशका, ५८ जना बागमती प्रदेशका, ३३ जना कोशी प्रदेशका, १३ जना लुम्बिनीका, ३८ जना गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

मानव बेचबिखनविरुद्ध वीरगञ्जको सीमानाकामा माइती नेपाल, साना हात नेपाल, नेपाल प्रहरीलगायतका संघ–संस्थाहरु मानव बेचबिखनविरुद्ध निगरानी गर्न सक्रिय रहेका छन् ।