१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी सुरु


1.066k
Shares

हेटौंडा । हेटौंडामा सोमबारदेखि दुई दिने घरेलु उत्पादन प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगिता सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं १० कार्यालयको आयोजनामा सुरु भएको मेला तथा प्रतियोगितामा महिलाहरुद्वारा उत्पादित ढाकाका कपडा, अर्गानिक साबुन, बांसका सामग्री, अचार, खाद्य वस्तुहरु लगायत प्रदर्शनीमा राखिएको छ ।

यसैगरी विभिन्न जातजातिका परम्परागत नृत्य प्रतियोगिता पनि भइरहेको छ । मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गर्नुभएको थियोे ।