Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


जेबिएनएल सेक्युरिटिजले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु


312
Shares

काठमाडौं । जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष ढकालले कम्पनीको उद्घाटन गरेसँगै टिएमएसमार्फत धितोपत्र खरिद सेवाको सुरु भएको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरू लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँ बानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेन्जको धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।