 
	    काठमाडौं । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्छ ।
खेल, यूएईस्थितआईसीसी एकेडेमीको ओभल २ मैदानमा नेपाली समयानुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए । शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्