
काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।
सामेबार बसेको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको र कहिले गर्ने भन्ने सम्बन्धमा कुरा नमिले पछि बैंठक आज फेरि बस्न लागेको हो ।
यसअघि भदौ ५, ६, ७ मा ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको सचिवालय बैठकले काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको थियो ।
सोमबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस (२२ अप्रिल) र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
महाधिवेशन सार्ने प्रस्तावको बिषयमा आज बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । बैंठकले राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्नेछ ।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने मिति तय भएकाले एकीकृत समाजवादीको पूर्वघोषित महाधिवेशनको मिति सार्नका लागि बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्