२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


युद्धविराममा थप बन्धक रिहा


6.357k
Shares

एजेन्सी । गाजामा हमासले बन्धक बनाएका थप ८ बन्धक रिहा भएका छन् ।

युद्धविरामको थपिएको एक दिन अर्थात् सातौ दिन विहीबार हमासले ८ जना इजरायलीलाई रिहा गरेको हो । बुधबार छाडिएको दुई जनालाई पनि हिजैको गिन्ति गरिएको छ ।

योसंगै हिजो १० जना रिहा गरिएको बदलामा इजरायले ३० जना प्यालेस्टायनी कैदी छाडेको जनाएको छ । युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको पहल जारी छ ।