२२ आश्विन २०८१, मंगलबार | Tue Oct 8 2024


प्रधानमन्त्रीको पुत्ला जलाइयो


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, भदौ २६ । बैतडीमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले रोल्पाको सुलिचौर बजारमा आफ्ना नेताको हत्या गरेको आरोप लगाउँदै नेपाल तरुण दल बैतडीले सदरमुकाम गोठलापानीमा प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको हो ।

तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको भदौ २३ गते गोली प्रहार गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै बैतडी सदरमुकाममा विरोधर्‍याली र कोणसभापछि पुत्लादहन गरिएको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

सत्तारुढ पार्टीका कार्यकर्ता उक्त घटनामा संलग्न रहेको भन्दै तरुण दलले दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

उक्त घटनाको विरोधमा तरुण दलले मंगलबार देशैभरि विरोध प्रदर्शन गरेको छ ।