काठमाडौं, भदौ २६ । नेपाल तरुण दलले रोल्पा नगर कमिटीका आफ्ना अध्यक्ष रोहित पुनको हत्यामा संलग्नहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
तरुण दल काठमाडौं जिल्ला समितिले मंगलबार हत्याको विरोधमा प्रदर्शन गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
यही भदौ २४ गते साँझ प्रहरी कार्यालयनजिकै पुनलाई गोली हानी हत्या गरिएको थियो ।
तरुण दलले सत्तारुढ दल नेकपाका कार्यकर्ताले पुनको हत्या गरेको दाबी गरेको छ ।
तरुण दलले मृतकलाई सहिद घोषणा र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्