१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


डिजिटल प्रविधिको विकाससँगै पुस्तक पढ्नेको कमी भयो : मेयर महर्जन


39
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा पुस्तक पढ्नेहरुको कमी हुँदै गएको बताउनुभएको छ ।

दक्षिण एशियाली पुस्तक प्रदर्शन,२०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताउनुभएको हो । उहाँले पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताउनुभयो ।

मेयर महर्जनले ललितपुर महानगरले पुस्तकालयहरुलाई प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । उहाँले पुराना पुस्ताकालयहरुलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरु थप्ने योजनामा रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताउनुभयो ।

मेयर महर्जनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्ताकालयमा गएर पुस्तक अध्ययन गर्नेहरुमा कमी आएको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गर्नुभयो ।