२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दै छ : अर्थमन्त्री महत


143
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनुभयो ।