४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


मिथिलाञ्चलमा चौरचन पर्वको चहलपहल


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, भदौ २६ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौरचन पर्वको चहलपहल सुरु भएकोे छ ।

यो वर्ष बुधबार परेको पर्वमा चन्द्रमाको पूजाआजा गरी मनाउने प्रचलन छ ।

दिनभर निराहार बसेर साँझपख चन्द्रमालाई विविध पकवानका साथै केरा, स्याउ, अम्बा, अनार तथा घरमै माटोको भाँडोमा जमाएको दही अर्पण गर्ने गरिन्छ ।

पर्वमा निराहार बस्ने ब्रतालुहरुले मंगलबार स्नान गरी ‘नहाय–खाय’ गरेका छन् ।

स्कन्दपुराणअनुसार भगवान् कृष्णमाथि लोभ वंश मित्रको हत्या गरेको आरोप लागेपछि नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथिको कलंकबाट मुक्त भएका थिए ।

सोहीअनुसार ब्रत गरी चन्द्रमालाई अर्घ्य दिने ब्रतालु धनवान् एवं पुत्रवान् हुनुका साथै प्रशन्न हुने जनविश्वास रहिआएको छ ।