काठमाडौं । काठमाडौं महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
शनिबार पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वासथ्य शिविर सञ्चालन भएको हो ।
विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो ।
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताउनुभयो ।
यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्