 
	    इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ ।
लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।
रक्षामन्त्री गेलेन्टले हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेकाले यसको परिणाम लेबनानका नागरिकले भोग्ने चेतावनी दिएका छन् ।
अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा राम्रो संग थाहा भएको प्रतिक्रिया गेलेन्टले दिएका छन् ।
इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट इजरायलमा आक्रमण जारी राख्ने बताएका छन् ।
हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति दिएकाछन् । हिजबुल्लाहका नेताको भनाई सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।
इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्