Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान


0
Shares

काठमाडौं । इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीको कप्तानमा बर्मालाई नियुक्त गरेको हो । वर्मा पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेदारी पाएकी हुन् ।

क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । टोलीमा उपकप्तानको जिम्मेदारी विन्दू रावललाई दिइएको छ ।

यसअघि महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । हङ्कङ भ्रमण टोलीमा इन्दु वर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।

चार राष्ट्रको सहभागिता रहने शृंखलामा नेपाल र हङ्कङका अतिरिक्त जापान र तान्जिनिया सहभागी हुँदैछन् ।

Skip This