Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प


12.2k
Shares

एजेन्सी । इन्डोनेसियाको बान्दा सागरमा बुधबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

इन्डोनेसियाको बान्दा सागरमा बुधबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको हो ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भौगर्भिक एजेन्सी (बीएमकेजी)का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्पमा ६०२ जनाको मृत्यु भएको थियो ।

सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो ।