४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


बिदामा बसेका न्यायाधीश दीपकराज जोशी सर्वोच्च फर्किए


0
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन् ।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थिए ।

सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएका सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

जोशी काममा फर्किए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन । रासस