२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


प्रधानमन्त्री दाहालद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन


117
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्र जाँजरकोटको स्थलगत अवलोकन गर्नुभएको छ ।

शनिबार बिहान उहाँ भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सो क्षेत्रमा पुग्नुभएको हो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रधानमन्त्री दाहालले सो क्षेत्रको अवलोकन गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्तिसहित उद्धार र राहत कार्यमा खटिन निर्देशन दिनुभएको छ ।

जाजकोटमा भूकम्पका कारण हालसम्म ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । त्यस्तै, रुकुम पश्चिममा अहिलेसम्म ३७ जनाको निधन भएको छ भने ८५ जना घाइते रहेको जनाइएको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।