
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार र राहतको व्यवस्था तत्काल मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ ।
उहाँले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न र प्रभावित क्षेत्रमा मानवीय सहायता पु–याउने प्रबन्ध गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले यस कठिन घडीमा कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन पनि दिनु भएको छ ।
नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतकालागि तत्काल ५० लाख रुपैया दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्