काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेहरुको उद्धार तथा उपचार प्रभावकारी रुपमा गर्न आग्रह गर्नुभएको छ ।
उहाँले तत्काल उद्धार हुन नसकेको बताउँदै उद्धार तथा घाइतेको उपचारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी आवश्यक रहेकाले तीव्र रुपमा काम गर्न सरकारसंग आग्रह गर्नुभयो ।
उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो भएको ओलीको भनाइ छ ।
उहाँले बिपद्को समयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सिंगो पार्टी पंक्तिलाई उद्धारमा जुट्न निर्देशन समेत दिनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्