काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको ४ दिने औपचारिक भ्रमणले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
महासचिव गुटेरेसको औपचारिक नेपाल भ्रमणका क्रममा नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र लगायत सगरमाथा क्षेत्रको अवलोकन, पोखरा र लुम्बीनीको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्म प्रभाव पार्ने बताएका हुन् ।
व्यवसायीहरुले भ्रमणको लागि संयुक्त राष्ट्र संघको महासचिव गुटेरेसको प्राथमिकतामा नेपाल पर्नु खुशीको कुरा भएको बताए । उनीहरुले कोभिड महामारी र सिथिल अर्थतन्त्र भएको अवस्थामा महासचिवको नेपाल भ्रमणले नेपाल भ्रमणको लागि सुरक्षित गन्तव्य रहेको सन्देश दिने बताए ।
पर्यटन व्यवसायीहरुले विश्वका मिडिया समेत महासचिव गुटेरेसको नेपाल भ्रमणमा केन्द्रित भएकाले नेपाल प्रचारप्रसार राम्रो भएको भन्दै नेपाल सरकार र व्यवसायीहरुले क्यास गर्नसक्ने गरी आगामी नीति तथा योजना बनाउन आवश्यक रहेको बताए ।
होटल संघ नेपालका अध्यक्ष विनायक साहले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चारदिने औपचारिक भ्रमणले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले विश्वका मिडियाले महासचिव गुटेरेसको नेपाल भ्रमण गतिविधिमा केन्द्रित रहेकाले प्रचारप्रसार राम्रो भएको बताउनुभयो ।
अध्यक्ष साहले महासचिव गुटेरेसले सगरमाथा क्षेत्रको अवलोकन, पोखरा, लुम्बीनी, पाटन दरबार सम्पदाको भ्रमणले विश्वमा ठूलो सन्देश गएको उल्लेख गर्नुभयो । अध्यक्ष साहले नेपालको मनसुन पनि राम्रो भएको र पर्यटन आउने सिजन पनि शुरु भएको भन्दै महासचिवको भ्रमणले पर्यटन आगमनमा थप टेवा पुग्ने बताउनुभयो ।
अध्यक्ष साहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले महासचिवको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन वृद्धि गर्न सरकारका नीति र योजनाहरुको अहम भुमिका हुने हुँदा निजी क्षेत्र र सरकार मिलेर पर्यटन प्रवद्धनको लागि काम गर्न जरुरी रहेको बताउनुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष नवराज दाहालले पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्य नेपाल संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणले नेपालको पर्यटन क्षेत्रको थप प्रचारप्रसारमा सहयोग पुगेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघका महासचिवले नेपाल भ्रमणका क्रममा पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्नु पर्यटक प्रवद्र्धन सकारात्मक प्रभाव पार्ने बताउनुभयो । पूर्वअध्यक्ष दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । उहाँले महासचिवको भ्रमणले आगामी दिनमा पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।
पूर्वअध्यक्ष दाहालले महासचिव सगरमाथा र अन्नपूर्ण बेस क्याम्प,पोखरा र लुम्बिनी जस्ता पर्यटकीय क्षेत्र जाने कुराले नेपाल भ्रमण गर्न पूर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश विश्वमा जाने बताउनुभयो । पूर्वअध्यक्ष दाहालले महासचिवको भ्रमणले नेपालमा गुणस्तरीय पर्यटकमा समेत वृद्धि हुनसक्ने आशा बढेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमण गर्नु पर्यटन व्यवसायीहरुको लागि खुशीको कुरा भएको बताउनुभयो ।
पूर्वअध्यक्ष दाहालले उहाँले महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सरकार र व्यवसायीहरुले प्रत्यक्ष लाभ लिन सक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले प्रचार गर्दा पनि संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमणको विषय र राज्यले पनि निजी क्षेत्रसँग समन्वयगरी नीति तथा योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्