८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


दशैंमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)


468
Shares

काठमाडौं । ललितपुरका किसानलाई दशैंको बेलमा पनि धान भित्र्याउने चटारो छ ।

ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ ।

ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ ।

धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । धानबाली भित्र्याउन काममा खटिनुभएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैंको बेलामा पनि दशैं मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताउनुभयो ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताउनुभयो । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।