२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रित्तिँदै हुम्लाको लिमी उपत्यका


2.535k
Shares

काठमाडौं । दुर्गम हिमाली जिल्लाका स्थानीयहरु न्युनतम आधारभुत सेवा पाउन नसकेपछी थातथलो छोडी पलायन हुन बाध्य छन् । सरकारले दिने गरेको सेवा सुविधा समेत नपाउँदा लिमी उपत्यकाका बासिन्दा पलायन भएका हुन् ।

कर्णाली प्रदेशको दुर्गम जिल्ला मध्येको एक जिल्ला हो हुम्ला । हुम्लाको लिमी उपत्यकाको जाङ अहिले पुरै उजाड छ । सधै चहलपहल हुने यो क्षेत्रका ५ घरधुरी सरकारबाट पाउने कुनै सुविधा नपाउँदा बसाईं सरेर अन्यत्र पलायन भएपछी घर घरमा ताल्चा लागेको छ भने गाउँमा ३ परिवार भने पलायन हुने क्रममा छन् ।

हेर्दा नै आकर्षक लाग्ने लिमी उपत्यकाको जाङको बाटो माथि र बाटो तल दन्तलहर जसरी ढुंगाले कुँदिएका सबै घरहरुमा ताल्चा झुण्डिएका मात्रै छैन खेतीयोग्य फाँटहरु पनि पुरै बाँझो छन् । अन्न बालीको लागि उर्वर जाँङका अधिकांश खेतीयोग्य जमिन घाँसले ढाकिएको छ । आफनै आँखा अगाडि छिमेकीहरु पलायन भएको देख्ने स्थानीयहरु भने चिन्तित छन् । उपत्यकाका बासिन्दा सञ्चार सम्पर्कबाट बन्चित हुनुका साथै सवारी साधनको पहुँचबाट पनि अलग्गै रहनु पर्दा स्थानीय सरकारले कुनै चासो नदेखाएको स्थानीय बताउँछन् । राज्यसत्ताको बागडोर जनताका छोराछोरीले गरे तर लिमीबासीका लागि ती सबै दन्त्य कथा जस्तै छन् । मुलुकको राजनीतिक अस्थिरताप्रति जानकार उनले कुनैपनि सरकारले लिमीवासीको समस्या सम्बोधन नगरेको तम्जी पेमा लामा बताउनुहुन्छ ।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि दलहरुले गाउँ गाउँमा सिंहदरबार भन्दै मुलुकका सबै क्षेत्रमा विकासको मूल फुट्ने आश्वासन बाँडे । संघीयता कार्यान्वयको पहिलो ५ वर्ष सकिएर दोश्रो कार्यालयमा प्रवेश गर्दे गर्दा पनि ती दूरदराजका सर्वसाधारणले संघीयताको अनुभुति गर्न सकेनन् । नेपालकै सबै भन्दा ठूलो गाउँपालिका नाम्खाको वडा नम्बर ६ अन्र्तगतका तीनवटा गाउँ मध्येको एउटा गाउँ जाङ रित्तो भएपछि त्यसको झण्डै १० र १५ किलोमिटर दूरीमा रहेका हल्जी र तील गाउँमा पनि बसार्इंसराईको प्रभाव पर्नसक्ने खतरा बढेको वडा नम्बर ६, नाम्खा गाउँपालिका अध्यक्ष पाल्जोर तामाङ बताउनुहुन्छ ।

चीनको सबै भन्दा नजिकको सीमा लाप्चामा कुनैपनि सुरक्षा सयन्त्र छैन । सिमिकोटदेखि झण्डै १ सय ५ किलोमिटरको दुरीमा कुनैपनि सुरक्षा निकायको उपस्थिति छैन । जाँङ र हल्जीको बीचमा नेपाल प्रहरीको सुरक्षा चेक पोष्ट छ । जसले न त सिमा सुरक्षामा प्रभावकारी उपस्थिति जनाउन सकेको छ न त गाउँलेको सुरक्षामा भुमिका निर्वाह गर्न सकेको छ । अहिले सो क्षेत्रमा लिमीबासी नै सीमा सुरक्षकको रुपमा रहेका छन् । बसाईंसराई पछि गाईगोठ जानेहरु हुँदैनन् । खर्क जाने हुँदैनन् । यसले सीमा सुरक्षामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।