२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ : मुख्यसचिव अर्याल


91
Shares

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतिपूर्ण भएको बताउनुभयो ।

मुख्यसचिव अर्यालले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताउनुभयो ।