Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


परिवर्तनमा जीवन विताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्ने साहस र योजना छैन : रवि लामिछाने


533
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ ।

सोमवारबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनु भयो । सभापति लामिछानेले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताउनु भयो । उहाँले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले काहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताउनु भयो । उहाँले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताउनु भयो ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनु भयो । उहाँले देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताउनु भयो ।