
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिनुभएको छ ।
आइतबार आप्mनै निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको जानकारी दिनुभयो ।
मन्त्री साउदले इजरायलमा मारिएका नेपाली विद्यार्थीहरुको शव इजरायल सरकारले नै ल्याएर हस्तान्तरण गर्ने बचन दिएको पनि बताउनुभयो । नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन जोशी हमास समूहको कब्जामा रहेको हुनसक्ने बुझिएको उहाँको भनाइ थियो ।
हमासको आक्रमणका क्रममा हमासले प्रहार गरेको ग्रिनेड विपिनले फालेर चारजना नेपालीको ज्यान बचाएको नेपाली बिद्यार्थीहरुले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्