२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सहकारीको भविष्य राम्रो भएको छ : बिद्यासुन्दर शाक्य


1.82k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्ब मेयर बिद्यासुन्दर शाक्यले सहकारीको भविष्य राम्रो भएको बताउनुभएको छ ।

भिनस बचत तथा ऋण सहकारी संस्थाको आज काठमाण्डौंमा भएको १५ औं बार्षिक साधारणसभामा उहाँले अहिलेको सहकारीको चुनौतीलाई समामना गर्न सके आर्थिक क्षेत्रको भविष्य राम्रो हुने दाबी गर्नुभयो ।

साना सहकारीहरुमा समस्या धेरै नभएको बताउदै उहाँले सहमरी सदस्यहरुबीच विश्वासको वातावरण आवश्यक रहेको बताउनुभयो । इमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरले सहकारी क्षेत्रले व्यवसायीक रुपमा आफ्नो काम कर्तब्यलाई बिर्सन नहुने बताउनुभयो ।

संस्थाका अन्य सदस्यहरुले कृषि र उत्पादन क्षेत्रमा पनि लगानी बढाउन जोड दिएका छन् ।