२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कोशी प्रदेशमा उत्पन्न राजनीतिक घटनाक्रमले संघ सरकारमा कुनै प्रकारको असर नगर्ने मन्त्री भुषालको दाबी


390
Shares

जनकपुर । कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुषालले कोशी प्रदेशमा उत्पन्न राजनीतिक घटनाक्रमले संघ सरकारमा कुनै प्रकारको असर नगर्ने दाबी गर्नु भएको छ ।

जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भुषालले कोशीमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले कोशी प्रदेशमा मात्रै असर गर्ने तर अन्य प्रदेश वा संघ सरकारमा कुनै असर नगर्ने दाबी गर्नुभयो ।

उहाँले उपधारा ५ बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गरिएकाले पार्टीको व्हिप नलाग्ने भएकाले कोशी प्रदेशका प्रदेशसभा सदस्यहरु निर्देशन विपरित गएपछि यस्तो स्थिति सिर्जना भएको बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले नेपाल सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको जानकारी दिनुभयो ।

यसका साथै चैते धान विस्तारका लागि समेत चैते धान उत्पादनको सम्भाव्यता अध्ययन कृषि मन्त्रालयबाट सुरू गरिने उहाँको भनाइ थियो ।