 
	    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म विरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताउनुभएको हो । उहाँले आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताउनुभयो ।
मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवनहरु शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताउनुभयो । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उहाँको भनाई छ । मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया अघि बढाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै यसलाई चीरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्