
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको बताउनु भएको छ ।
सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा टेरामक्स प्रविधिको विषयमा जानकारी दिँदै यस्तो बताउनुभएको हो । उहाँले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप नगर्ने दाबी गर्नुभयो । उहाँले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताउनु भयो ।
उहाँले टेलिमकको डेटा प्रयोग भए/नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिए पनि अदालत र फोन ट्याप विवादले जडान गर्न नसकिएको बताउनु भयो । उहाँले विश्वका कुनैपनि दूरसञ्चार कम्पनीहरुले सबै कल ट्यापिङ गर्न नसक्ने बताउनु भयो । उहाँले प्राधिकरणको टेण्डरमा फोन ट्यापिङ गर्ने कुरा समावेश नभएको बताउनु भयो ।
उहाँले टेरामक्सले फोन ट्याप र एसएमएस रिड पनि नगर्ने भन्दै डेटा सुरक्षित गराउनको लागि प्राधिकरणलाई आवश्यक डाटा मात्रै राख्ने बताउनु भयो ।उहाँले मेलेसिया,भारत,पाकिस्तान,चीन,बंलादेश,इन्डोनेसिया,सिंगापुर,अमेरिका,बेलायत लगायतले सम्पूर्ण विवतरण गर्ने भनेर गरिरहेका बताउनु भयो ।
उहाँले टेरामक्स फोन ट्यापिङ गर्नलाई ल्यायो भन्ने कुरा ठिक नभएको बताउनु भयो । उहाँले टेरामक्स ल्याउने २०७४÷७५ तिरको प्रविधि अनुसार गरेको सम्झौता मूल्यमा अहिलेको प्रविधि ल्याउने विषयले बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय नगर्ने बताउनु भयो।
प्रतिक्रिया दिनुहोस्