Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


रिगल विरुद्धको मुद्दामा आज सुनुवाई हुन सकेन, अर्काे पेशी कात्तिक १४ गते


2.1k
Shares

काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन ।

प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराइले आफूले यस अघि पनि यस्तै प्रकृतिको मुद्धामा फैसला गरिसकेकाले सोही प्रकृतिको मुद्धाको सुनुवाई गर्न नमिल्ने भने पछि सुनुवाई हुन नसकेको हो । त्यसपछि मुद्धाको अर्को पेशी कात्तिक १४ गतेका लागि तोकिएको छ । इजलाशमा प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए ।

न्यायाधीश भट्टराइले ४० प्रतिशत कैद भुक्तान गरेर माफी मिनाहा भएको मुद्धामा आफूले पहिल्यै फैसला गरिसकेको भनेपछि सुनुवाइ नगरी अर्को पेशी तोकिएको हो । खुँडा प्रहार गरी नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैद भुक्तान गरिरहेका रिगलले संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।

रिगलले आममाफी पाएकोमा असन्तुष्टि व्यक्त गर्दै चेतनकी श्रीमति भारती मानन्धरले रिगल बिरुद्ध सर्वाेच्चमा रिट निवेदन दिनु भएको थियो ।