Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


कृषिलाई उद्योगको रुपमा विकास नगरी खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने उद्योगमन्त्री रिजालको भनाई


91
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइ नसकेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्र रहेको पनि बताउनु भयो ।

उहाँले निजी क्षेत्रमा विश्वासको वातावरण बनाउनसके र लगानीमैत्री वातावरण बनाउनसके मुलुक समृद्धितिर जाने बताउनु भयो । उहाँले निजी क्षेत्रबारेको पारम्परिक सोच हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले कृषिलाई उद्योगको हिसावले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताउनु भयो ।

मन्त्री रिजालले आर्थिक समृद्धि भएन भने मुलुक र राजनीतक व्यक्ति बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।

Skip This