२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न


416
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताउनुभएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो । उहाँले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताउनुभयो ।

सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताउनुभयो । उहाँले क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उहाँले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताउनुभयो ।

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदुतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने ? भन्नेबारे सोच्नुपर्ने बताउनुभयो ।