Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


उपभोक्ता संरक्षणसम्बन्धी विधेयकमा महासंघको सुझाव


0
Shares

काठमाडौं, भदौ २५ । संघीय संसदमा छलफलमा रहेको उपभोक्ता संरक्षणसम्बन्धी विधेयकमा नेपाल उद्योग वाणिज्य महासंघले सुझाव प्रस्तुत् गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमन्डलले संघीय संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका सभापतिका मुकुन्दप्रसाद न्यौपानेसमक्ष संसदमा छलफलकाक्रममा रहेको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा निजी क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत् गरेको हो ।

१४ बुँदे सुझाव तथा धारणामा विधेयकको सम्बन्धमा सम्बन्धित सरोकारवाला पक्षहरूसँग गहन छलफल गरिनुपर्ने, विधेयकमा प्रयोग भएका अनिश्चित, अस्पष्ट एवं असीमित अर्थ जाहेर गर्ने शब्दहरु स्पस्ट गरिनुपर्ने, इजाजत लिएका वस्तुमात्रै पैठारी गर्न पाउने व्यवस्था पुनःविचार हुनुपर्ने, सम्पूर्ण वस्तुको मूल्यसूची अनिवार्य राख्नुपर्ने एवं मूल्य सूचना केन्द्रसम्बन्धी व्यवस्था, वस्तु तथा सेवाको मूल्यको मापदन्ड निर्धारण गर्ने वयवस्था पुनःविचार गरिनुपर्नेलगायत रहेका छन् ।