 
	    पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ ।
आइतबार साँझ रामपुर नगरपालिका –१० स्थित बर्दलेबाट टोक्सेतर्फ जाने सडकखण्डमा खसेको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको हो ।
दाङ शान्तिनगर गाउँपालिका–.१ का ३० वर्षीय धनबिर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
सडक मर्मतको काम गरिरहेको अवस्थामा माथिबाट अचानक सुक्खा पहिरो झरी एक्स्काभेटरसहित पुरिएका चालक खड्का गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा सोमबार बिहान युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्