१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता


507
Shares

काठमाडौं । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बेपत्ता हुनेमा वडा नं.४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् ।

बेपत्ता दुवैको खोजी कार्य भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।