Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैन : उद्योगमन्त्री रिजाल


143
Shares

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनुभएको छ ।

शुक्रवार ललितपुर द्योग वाणिज्य संघको ४४ औं साधारण सभामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्नसक्ने बताउनु भयो । उद्योगमन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औधोगिक माध्यम भएको दाबी गर्नुभयो ।

उहाँले निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिएको भन्दै नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो। मन्त्री रिजालले निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्ने बताउनु भयो। उहाँले आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव नभएको बताउनु भयो । उहाँले कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।