४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


टिस्टा नदीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ सैनिकसहित सय जना अझै बेपत्ता


8.008k
Shares

एजेन्सी । भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

बाढीमा परी घाइते हुनेको संख्या २६ पुगेको छ । बेपत्ता २३ सैनिक मध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । २२ जना सैनिकका साथै करिब सय जना अझै बेपत्ता छन् । बाढीले सडक, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्ण रूपमा क्षति पुर्‍याएको भारतीय संचारमाध्यमले जनाएका छन् । उद्धार जारी रहेकाले मृतकको संख्या बढ्ने देखिएको छ ।