Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


शहीदको सम्मानका लागि बिदा दिने कुरा गलत हो : प्रदीप पौडेल


520
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शहीदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताउनुभयो ।

सांसद पौडेलले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने बताउनुभयो । उहाँले सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको बताउनुभयो ।

सांसद पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गर्नुभयो ।