माठमाडौं । विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धि विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गर्नुभयो ।
विद्यायन सम्बन्धि विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गर्नुभएको थियो । उहाँले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्