२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


नवलपरासीमा सेनाको शिविरमा स्वास्थ्य परीक्षण


104
Shares

नवलपरासी । नवलपरासीमा नेपाली सेनाको परासीस्थित गोरखदल गणले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

विशेषज्ञ चिकित्सकसहितको शिविरमा सबैभन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । सीमावर्ती क्षेत्रलाई लक्षित गरी पाल्हीनन्दन गाउँपालिकाको सिद्धार्थ माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा एक हजार ३२ जनाले स्वास्थ्य परीक्षण गराएको गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।

शिविरमा देवदह मेडिकल कलेज र नेपाली सेनाका विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।