२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छ : उद्योगमन्त्री रिजाल


91
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताउनुभयो । उहाँले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजिकरण गर्ने विषयमा सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताउनुभयो ।

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताउनुभयो । उहाँले भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गर्ने तयार रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गर्नुभयो ।

उहाँले भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताउनुभयो । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताउनुभयो ।

उहाँले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजिकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताउनुभयो ।